
पूर्णपुष्टि, फागुन २५
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाईएको छ ।
बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ ।
