Monday, April 20News That Matters

माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

अनर्जुन कुमार आचार्य
पूर्णपुष्टि, असोज ७
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ ।
सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए ।
कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर रइलामकाकर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमातथासोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमाअगुवा संगठक प्रशिक्षणकार्यक्रमगर्ने निर्णय पनि गरेको छ ।
यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिकाप्रकाशनगर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट आवश्यककार्यविभाजनसहितपालिकास्तरसम्म संगठनगठन रपुनःर्गठनमा लाग्ने सुवेदीले जानकारी दिए ।
उनले माओवादी निकट कर्मचारी संगठनमा विभाजनआएको र एमाले प्रवेश गरेको भन्ने कुरा गलत रहेको बताए । केहीबद्नामव्यक्तिहरु एमालेतिर लागेको भएपनिप्रदेश १ मा सिंगो कर्मचारी संगठन आफूहरुसँग रहेको उनले बताए । सचिवालय बैठक पछि आजै प्रदेश १ को कार्यालय उद्घाटन भएको छ । विराटनगरस्थित सहिद रंगशाला अगाडि स्थापनाभएको कार्यालयको माओवादी केन्द्रीय सदस्यतथाप्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले गरेकाथिए । सो अवसरमाबोल्दै काफ्लेले माओवादीले नयाँ कम्युनिष्ट पार्टी र नयाँक्रान्तिगर्न खोजेको भन्दै आ–आफ्नो ठाउँबाट लाग्नकर्मचारीहरुलाई निर्देशनदिए ।
कार्यक्रममामाओवादीविराटनगरका सहइन्चार्ज हेम कार्की, अध्यक्षभोगेन्द्र यादव, नेतृ गरिमा भट्टराईलगायतले शुभकामनामन्तव्यदिएकाथिएभने कर्मचारी नेताहरुले संगठन निर्माणमा जोड दिएकाथिए ।