
फागुन, २८
कोरोना भाईरसका कारण बजारमा माक्स र स्यानिटाइजरको माग बढ्दो अवस्थाको कारण मेडिकलहरुले कोलोबजारी र मुल्य बढाएर बेचेको आरोपमा उपत्यकामा ४ मेडिकललाई २–२ लाख जरिवाना गराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले ती मेडिकल तथा औषधि पसलहरुले बढी मुल्यमा वस्तु बिक्री गरेको भेटिएका कारण कारबाही गरिएको बताए ।
मिश्रले बढी मुल्यमा विल काटिरहेको र बस्तु पनि बढि मुल्यमै बेचिरहेको पाएको बताउँदै । कैलालीको धनगढीमा बढी मूल्यमा मास्क बेच्ने न्यू सोसिल श्रिंगार गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। ५ रुपैयाँ पर्ने मास्कलाई ४० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको हो ।
पुल्चोकको विद्या अल्का फार्मेसी (युनिट(क) र गौतम फार्मेसी एण्ड डाइग्नोस्टिक सेन्टर जावलाखेलको सदिक्षा मेडिकल हल र कुपण्डोलको शुभ सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
