
काठमाण्डौँ, बैशाख १७
प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर यादव रहेका छन् ।
सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा चेक जाँच गर्दा उनीहरुबाट प्रहरीले स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरेको हो । पक्राउ परेको दुवै जनाको प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ । (रासस)
