Saturday, June 27News That Matters

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

खोटाङ, फागुन–१३

खोटाङको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

रावाबेसी गाँउपालिका–१ को रावा खोलामा राईले करेन्ट लगाएर माछा मार्ने क्रममा बुधवार दिउसो साढे १ बजे अचानक करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।