Sunday, August 9News That Matters

माछा मार्न गएका युवक मृत्त भेटिए

पूर्णपुष्टि,चैत २५

रुपन्देहीमा माछा मार्न गएका एक युवकको शव पोखरीमा भेटिएको छ । शुद्धोधन गाउँपालिका–५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको शव पोखरीमा भेटिएको हो ।

चौधरीको सोही गाउँपालिका–२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । प्रहरीले खोजी गर्ने क्रममा उनलाई मृत्त फेला पारेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।