
पूर्णपुष्टि, फागुन १६ । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदर्शी गाउँपालिका–६ का २८ बर्षीय बुद्धराज लिम्बु रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
