
पूर्णपुष्टि, जेष्ठ ९
भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाएर एक युवक बेपत्ता भएको छ । अरुण गाउँपालिका–७ का २४ वर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएको हो ।
गत राती १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९÷१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
