
उदयपुर, फागुन ३० गते ।
उदयपुरमा संचालन भएको एक दिने माटो परिक्षण शिविर सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको आयोजनामा माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको सहयोगमा शिविर संचालन भएको हो ।
खाद्य बालीको उत्पादन र माटोको अवस्था थाहा पाउनका लागी त्रियुगा नगरपालिका– १४, १५ र रौतामाई गाउँपालिकाको ४ र ६ नम्बर वडाका विभिन्न ठाउँबाट माटोको नमुना संकलन गरिएको थियो ।
शिविरमा संकलन भएका एक सय ७० वटा माटोको नमुना मध्ये भौगोलिक आधारमा ५० वटा नमुना परिक्षण गरिएको प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरले जनाएको छ । शिविरमा संकलन भएका तर परिक्षण गर्न बाँकी रहेका नमुनाहरुको चाँडै परिक्षण गर्ने जनाईएको छ ।
नमुना परिक्षणमा पिएच अम्लिय १४, क्षारिय शुन्य, तटस्थ ३६ देखिएको छ । त्यस्तै प्रगारिक कम १३, मध्यम ३२ र उच्च ५ देखिएको हो । नाईट्रोजन कम ३, मध्यम ३३ र उच्च १४ देखिएको छ । त्यस्तै फस्फोरस कम १६, मध्यम ८ र उच्च २६ देखिएको छ भने पोटास कम ३, मध्यम १९ र उच्च २८ देखिएको प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको खरिदार गणेश कार्कीले बताए ।
