
पूर्णपुष्टि, भदौ १०
माधव नेपालको दल संघिय संसदमा चौथो ठुलो दलको रुपमा आएको छ । नेपालको दलमा २९ जना भन्दा बढी सांसदहरु छन् । यो संगै नेपालको ( नेकपा एकीकृत समाजवादी) पार्टी संघिय संसदमा चौथो ठुलो दल बन्न पुगेको हो ।
बर्खरै मात्र नेपालले खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ ।
केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत् नयाँ दुई दल दर्ता भएका हुन् ।
माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिइसकेको छ ।
यससँगै नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन्। प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरेका थिए ।
तर यो संख्याभन्दा धेरै अध्यक्ष नेपालतर्फ लागेका छन्। पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराइरहेका छन्। उनले दिल्ली दूतावासमार्फत् बुधबार सनाखत पठाएका थिए ।
विभाजित भए पनि संसदमा ठूलो दल भने नेकपा एमाले नै भएको छ। एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन्। राष्ट्रिय सभातर्फ पनि एमालेतर्फ नै धेरै सांसद छन् ।
संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसमा दुई जना निलम्बितबाहेक ६१ जना सांसद छन्। तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्र हो। माओवादीमा ४८ जना सांसद छन् ।
चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद छन्। जनता समाजवादी पार्टी जसपा पाँचौं ठूलो दल बनेको छ। जसपामा ३४ जना प्रतिनिधि सभा सांसद थिए ।
जसमध्ये १४ जना महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न बुधबार आयोग पुगेका थिए। अब उपेन्द्र यादव नेतृत्वको जसपामा १८ जना सांसद छन् । अब संसदमा छैटौं ठूलो दल ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी दल हो ।
