
पूर्णपुष्टि, जेष्ठ ८
बरिष्ठ एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्रीको दोस्रो प्रतिगमन बिरुद्धा घोर भत्र्सना गरेको छ । ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको भाग २ को संज्ञा दिँदै भत्र्सना गरेको हो ।
नेता नेपालले सामाजिक संञ्जालको आफ्नो आधिकारीक फेसबुक पेजको स्टाटस मार्फत षड्यन्त्रकारीहरुको उक्साहट र चाहानामा फेरी संसदको चिरहरण भएको बताएको छ ।
उनले लेखेका छन् षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ! नेता नेपालको स्टाटसमा लेखिएको छ ।
