Wednesday, April 22News That Matters

मानसिक समस्या भएकी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

पूर्णपुष्टि, साउन १८ ।  चितवनको माडी नगरपालिकामा एक मानसिक समस्या भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा तीन जना विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङका अनुसार माडी नगरपालिका–७ किर्तनपुर नजिकै २७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो। आरोपीहरू १७, १८ र २१ वर्ष उमेरका छन् र चितवन बाहिरका जिल्लाबाट माडीमा पढ्न आएका विद्यार्थीहरू हुन्। प्रहरीका अनुसार आरोपीहरूले डेरा लिएर बसेको घरको कोठामा पीडित महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ। पक्राउ परेका विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरू विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।