Tuesday, June 30News That Matters

मालपोतका नायव सुब्बा १३ हजार घुससहित पक्राउ

पूर्णपुष्टि, असार ३०

मालपोत कार्यालय सप्तरीका एक जना कर्मचारी रङ्गे हात पक्राउ परेको छ । सेवाग्राहीसँग १३ हजार घूस लिदै गरेको अवस्थामा कार्यकक्षबाटै नायव सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा ठाकुरलाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ ।

जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा पक्राउ परेका नायव सुब्बा ठाकुरमाथी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।