Sunday, June 28News That Matters

मालपोतको शाखा अधिकृत घुस रकमसहित पक्राउ

पूर्णपुष्टि, चैत ५ 

मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकमसहति पक्राउ परेको छ ।

मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजाघरबाट बिहीबार दिउँसो करिब २ बजे अधिकृत जोशीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । शाखा अधिकृत जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।