
पूर्णपुष्टि, बैशाख १४
जलजलेमा पनि मास्क वितरण गरिएको छ । कोरोना माहामारी बढे सँगै बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई मास्क वितरण गरिएको हो ।
जलजले ट्राफिक प्रहरीको सक्रियतामा मास्क वितरण कार्यक्रम भएको हो ।
हिजो मात्रै गाईघाट बजारको मुख्य चोकहरुमा सर्वसाधरणहरुलाई कोरोना सचेतनाको लागि मास्क वितरण कार्यक्रम गरिएको थियो ।
प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालकै उपस्थितिमा बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई एसपी दाहालले मास्क वितरण गरी मास्क लगाएर हिड्न आग्रह समेत गरेको थियो ।
जलजलेमा ट्राफिक प्रहरी शंकर लामिछानेको टोलीले सर्वसाधरणहरुलाई मास्क वितरण गर्दै फेरी देखि बाहिर हिड्दा मास्क अनिवार्य लगाउन समेत आग्रह गरे ।
