
पूर्णपुष्टि, जेठ ४ ।
प्रदेश १ अन्तरगतकाे माेरङमा अाज पहिलाे पटक काेराेना संक्रमित देखिएकाे छ । माेरङकाे विराटनगरमा दुई जनामा काेराेना संक्रमण देखिएकाे हाे । त्यस्तै धनकुटाका एक जनामा कोरोना देखिएको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिहरु र धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको हाे ।
योसँगै अब १ नं. प्रदेशमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । साे प्रदेशमा उपचारपछि १७ जना निको भएका छन् । अाजकाे १ नं. प्रदेशमा पुष्टि भएका तीनसंगै
नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको छ ।
