
पूर्णपुष्टि, चैत्र ९ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरले मिटर ब्याज लगाउने बित्तिय संस्थाको चर्को बिरोध गर्दै आएको छ । पार्टीले संघर्ष समितिनै खडागरी आन्दोलन चर्काई रहेको छ । पछिल्लो समय बित्तिय संस्थाहरुको मनपरीले गरिबी किसान मजदुरहरुलाई उठिवास लगाएको भन्दै पार्टीले यसको प्रत्यक्ष बिरोध गर्दै आईरहेको छ । पार्टीले मिटर ब्याज लगानी गर्ने बित्तिय संस्थाहरुलाई तत्काल कार्वाही गर्नु पर्ने माग राखेको छ । पार्टीले बित्तिय संस्थाका पिडितहरुलाई बचत फिर्ता समेत गराउन सफल भएको छ ।
उनिहरुले बित्तिय संस्थाको प्रवन्धकहरु सँग छलफल गरी ३ जना बचतकर्ताहरुको बच फिर्ता समेत गराएको छ । उदयपुरमा रहेको साहारा, नेपाल, सरस्वती नेपाल र छिमेकी नेपाल गरी तिन ओटा संस्थाबाट नमिता राई, दिक्षा मगर र राम बिलास चौधरीको बचत फिर्ता समेत गराएको हो । पार्टीले लघुवित्तिय संस्थाहरुले बचत फिर्ता दिनु पर्ने, बैँकले चर्को ब्याज घटाउनु पर्ने, तुलसी बहुदेश्यीय सहकारीले बचत फिर्ता गर्नु पर्ने, सुकुम्वासीलाई लालपुर्जा दिनु पर्ने जस्ता माग आन्दोलनमा राखेको छ ।
