Tuesday, June 2News That Matters

मिलको फित्तामा सल बेरिएर १ जनाको मृत्यु

भोजपुर, चैत्र १

भोजपुरमा मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु भएको छ । रामप्रसादराई गाऊपालिका –१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो ।

शनिबार बेलुका ५ बजे स्थानीय योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिदा घाटिमा चोट लागी घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।