Wednesday, May 20News That Matters

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँमा अत्याधुनिक आवास

असोज १३ गते ।

काठमाण्डौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रिको लागि आवास तथा सम्पर्क कार्यालय बनाउन सरकारले ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणमा सुस्त देखिएका सरकारले भीआईपीको आवास निर्माणको लागि चुस्त देखिएको हो ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालय ललितपुरको भैंसेपाटीमा बन्न लागेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए ।

सांसद आवासका लागि सैंबुमा छुट्याइएको एक सय ४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्नको लागि सरकारले तीब्रता दिएको छ । उक्त भवन निर्माणका लागि सरकारले १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ८५ करोड लागतमा निर्मण हुन लागेको अत्याधुनिक सुविधासम्पन्न आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले यस भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्ने छ ।

यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।