
पूर्णपुष्टि, असोज ६
लामो समय देखि क्यान्सर पिडित किराँती मुन्धमविद् गडुलमान राईको निधन भएको छ । राईको ७३ बर्षको उमेरमा निधन भएको हो ।
परिवार स्रोतले बताए अनुसार राईको बुधबार उपचरको क्रममा भक्तपुरमा मृत्यु भएको जनाएको छ ।
उनीद्वारा लिखित राई समूदायमध्ये चाम्लिङ राईको जन्मदेखि निधनसम्मको संस्कार समेटिएको ‘किरात संस्कार’ (चाम्लिङ÷नेपाली) पुस्तक, ‘चाम्लिङ–नेपाली प्रयोगात्मक शब्दसंग्रह’ प्रकाशित भएका छन् ।
यसैगरी चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेखेका छन् । मुन्दुमविद् राईले कक्षा १ को नेपाली पाठ्यपुस्तकहरु गणित, विज्ञान, स्वास्थ्य, शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवादसमेत गरेका छन् ।
उनको यस्तो योगदानको कदर गर्दैै किरात राई यायोक्खाले ‘छत्र–विष्णु राई कृति सम्मान–२०६४’, नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७२’ प्रदान गरेका छन् ।
२००५ भदौ ६ गते खोटाङको साकेला गाउापालिका वडा नं. २ रतन्छामा जन्मिएका उनी अवकाशप्राप्त शिक्षक थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् ।
उनको पार्थिव शरीर जन्मथलो खोटाङ पु¥याएर मात्र किरात परम्परा अनुसार समाधिस्थ गरिने पारिवारिक स्रोतले जनाएको छ ।
