Wednesday, May 6News That Matters

मुम्बई सागामा काजोल

भदौ १२ गते ।

निर्देशक संजय गुप्ताले बनाएका बलिउडका ‘सुटवाउट एट वाडाला, काविल’ जस्ता चलचित्रका निकै सफल मानिन्छ । संजयले बनाउन लागेको नयाँ चलचित्र ‘मुम्बई सागा’को छायांकन महालक्ष्मी मन्दिरबाट सुरु भएको छ ।

नायक जोन अव्राहम र इमरान हाश्मी यस चलचित्रको मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले मिडियालाई जनाएको छ । यस चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले समेत काम गर्ने पक्का भएको छ ।

काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिने छन् । चलचित्रको सुरुवातमा जोनको प्रेमिकाको भूमिकामा देखिने काजोल चलचित्रको अन्तिममा पनि जोनकै पत्नीको रुपमा देखिनेछिन् ।