
पूर्णपुष्टि, फागुन ९ गते । मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दैनिक भाष्करका अनुसार सोमबार राति मुम्बईको चेम्बरमा आयोजित कन्सर्टमा सोनुमाथि दुर्व्यवहार भएको हो । कार्यक्रम सकेर फर्किन लाग्दा उनी र उनका साथीमाथि दुव्र्यवहार भएको थियो।
सोनुमाथि दुव्यवहार गर्ने शिवसेना विधायक प्रकाश फटरपेकरका छोरा रहेका छन् । यस घटनापछि सोनुले प्रहरीमा उजुरी दिएका छन तर हालसम्म आरोपी प्रक्राउ परेका छैनन् ।
प्रहरी उजुरीका अनुसार विधायक प्रकाशका छोराले पहिले सोनुका म्यानेजर सायरालाई दुर्व्यवहार गरेका थिए । सोनु स्टेजबाट आउन लाग्दा उनले सोनुको अंगरक्षकलाई धक्का दिएर सोनुमाथि आक्रमण गरेका थिए । भारतीय सञ्चारमाध्यममा उल्लेख भए अनुसार विधायकका छोराले सोनुसँग सेल्फी खिच्न नपाएपछि स्टेजमा आक्रमण गरेका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
