
मोरङ, असोज १ गते ।
मोरङको रंगेलीमा कासीराम मुरियारी मृत अवस्थामा फेला परेको छ । रंगेली नगरपालिका–२ निबासी कमल झोडा जोगी बगैचा निबासी ५० वर्षीय मुरियारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै घरको बरण्डामा झुल टाँगी सुतेका मुरियारीलाई छोराले उठाउन खोज्दा मृत अवस्था फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनएको छ ।
