
पूर्णपुष्टि, चैत्र १३
त्रियुगा नगरपालिका ९ गैरुनका मुसहर समुदायका एक युवाले १ बर्ष पहिले शैलुन संञ्चालनमा ल्यायो । उनले इण्डियामा काम सिकेर आफ्नै ठाउँमा आएर शैलुन खोल्यो । लगानी गर्न नसकेका कारण राम्रो र व्यवस्थित शैलुन नहुँदा उनले काम चलाउ खालको शैलुन खोलेर काम गर्न थाल्यो । एक दिन जनता सँग मेयर कार्यक्रम अन्तरगतको कार्यक्रम गैरुन सदावस्तीको समुदायमा पुग्यो ।
त्यहाँ राम कुमार सदाले आफ्नो पेशा भन्दा फरक पेशा शैलुन खोलेर जिविको पार्जन गर्दै गरेको पाईयो । जुन परम्परागत पेशा परिवर्तन गरी आधुनिक पेशा बाट आफ्नो जिविको पार्जनमा सहजता खोजीरहेका एक युवा रामकुमार सदा एक उदाहरणीय पात्र पनि हुन् ।

बिषेश गरी मुसहर समुदायहरु बढीभन्दा बढी माटो जमिन सँग सम्बन्ध रहेर आफ्नो जिविको पार्जन गर्ने गरेको पाईन्छ । उनिहरु अर्काकोमा काम गर्ने, माछा मार्ने र ऐलानी जग्गाहरुमा बसोवास गर्दै अव्यवस्थित भएर जिविको पार्जन गर्ने समुदयाको रुपमा समेत परिचित छ ।
यसै क्रममा त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले त्यहाँ रहेका मुसहर समुदायहरुलाई के कार्यक्रम दिँदा ठिक होला भनेर बुझे र सोही प्रस्ताव अनुसार मुसहर वस्तीमा बिभिन्न कार्यक्रमहरु आयोजना गरियो । यसै कार्यक्रम मध्यको एक कार्यक्रम रामकुमार सदाको सैलुनमो केन्द्रीत भयो ।

आफ्नो पेशा भन्दा फरक पेशा सैलुन संञ्चालनमा ल्याएका थिए । पेशा परिवर्तन गर्दै समाजमा आर्थिक आम्दानीलाई सहज बनाउने भन्दै जनता सँग मेयर कार्यक्र अन्तरगत रामकुमार सदाको शैलुनलाई नगरको लगानीमा थप व्यवस्थित बनाउने काम भयो । त्रियुगा नगरपालिकाले रामकुमार सदाको शैलुनलाई थप १ लाख बढी लगानी सहयोग गरेर झुपडी बाट व्यवस्थित ठाउँमा सारेको छ । उक्त शैलुनको उद्घाटन सोमवार नगर प्रमुख वलदेव चौधरीले गरे ।

