
पूर्णपुष्टि, कार्तिक २६
मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगाी गरको अभियोगमा महानगरीय अपराध महाशाखाले एक जना भारतीय नागरिक पक्राउ परेको छ । अस्पतालमा पार्टनसीप दिलाइदिने भन्दै रकम ठगी गर्ने भारत कोडामबाक्कम, तमिलनाडु घर भइ हाल काठमाडौं महानगरपालिका–४ वालुवाटारमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु पक्राउ परेको हो ।
आफू मेडिकल व्यवसाय गर्ने गरेको र नेपालस्थित मणिपाल अस्पताल खरीद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी गरी अस्पतालमा पार्टनरशीपको प्रलोभन दिइ ठगी गरी रकम भुक्तानी लिने गरेको सूचनाको आधारमा उनलाई बालुवाटारबाट अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।
