Thursday, April 30News That Matters

मेयर चौधरीद्वारा कालोपत्रे सडकको उद्घाटन

पूर्णपुष्टि, कात्तिक ३० ।

प्याराडाईज बोर्डिङ सुविधामार्ग हुदै साकेला जाने सडक कालोपत्रे निर्माण उपभोक्ता समिति, त्रियुगा नगरपालिका ११ संगमटोलले शनिबार सडक उद्घाटन तथा जनलेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पीच गरिएको टोलको सडकमै आयोजना कार्यक्रमकाबीच नगरपालिकाका मेयर बलदेव चौधरीले रिबन काटेर कालोपत्रे सडकको उद्घाटन गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले ब्यानर पढ्दै महिलाको नेतृत्वमा बनेको उपभोक्ता समितिले सफलरुपमा कालोपत्रे सडक जस्तो विकासे निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो ।

नेकपा एमालेका युवा नेता परमेश्वर घिमिरे, नेपाली कांग्रेस प्रतिनिधि, वडाध्यक्ष, पत्रकार, नागरिक समाज, नगर कर्मचारी र टोलबासीको उपस्थितिमा भएको कार्यक्रममा बक्ताहरुले विकासको कामलाई यसरी नै अगाडी बढाउनुपर्ने बताए ।

५५ लाख बराबरको लगानीमा ४ सय ८ मिटर कालोपत्रे सडक ३ सय ७६ मिटर नाली निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष देवि कटुवालले बताउनुभयो ।

टोलबासी पुष्पराज सिग्देलले निर्माण कामको आय व्याय प्रस्तुत गरेका थिए । सहभागिहरुले अनुमोदन गरेका थिए । टोलको सडकलाई समृद्धि मार्ग नाम राख्न प्रस्ताव पनि राखिएको थियो । समितिकी अध्यक्ष कटुवालको अध्यक्षतामा भएको कार्यक्रम समृद्धि टोल सुधार समितिका सचिव पाण्डु परियारले सञ्चालन गर्नुभएको थियो ।

फोटो फिचर