Thursday, May 28News That Matters

मेयर चौधरीले पैदल हिडेरै गरे बजार अवलोकन

पूर्णपुष्टि, चैत १२ ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गाईघाट बजारमा पैदल यात्रा गरेर दोस्रो दिनको लकडाउनको अवलोकन गर्नुभएको छ । मेयर चौधरीले सर्बसाधारणकै भेषमा बजार अवलोकन गर्नुभएको हो ।

लकआउटको बेला सवारी चलाउन नहुने र बाहिर हिड्डुल गर्न नहुने सन्देश दिन पैदल नै अवलोकनमा निस्केको मेयर चौधरीले बताउनुभयो ।

लकडाउनको पहिलो दिन थुप्रै सर्बसाधारणले अवज्ञा गरेको र प्रहरीले ठूलो संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिनु परेको कुरालाई मध्येनगर गर्दै दोस्रो दिनको अवलोकन गरेको उहाँले बताउनुभयो । पहिलो दिनको दाँजोमा दोस्रो दिन सर्वसाधारणले लकडाउनलाई पालना गरेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले सर्बसाधारणलाई घरमा सुरक्षित बसेर सरकारको आदेश पालना गरिदिन अनुरोध गर्नुभयो । साथै आजै विज्ञप्ती जारी गर्दै सबै टोल विकास संस्थाहरुलाई आ आप्mनो टोलमा लकडाउनको पालना गराउन निर्देशन दिने बताउनुभयो । टोलमा कोही वाहिर देशबाट आएको पाइएमा वा संकास्पद देखिएमा सम्बन्धीत निकायमा सम्पर्क गर्न निर्देशन दिइने बताउनुभयो ।

उहाँले अहिलेको अवस्था नागरिकहरु आफैले आप्mनो सुरक्षामा रहनु पर्ने अवस्था भएकोले घरमै बसेर सुरक्षित भईदिन आग्रह गर्नुभयो ।

(मेयर चौधरीसंग कोरोना भाइरस संक्रमणको विरुद्ध अपनाइएका सतर्कता तथा पहलहरुको बारेमा गरिएको अन्तवार्ता हाम्रो अफिसियल युट्युव च्यानल पूर्णपुष्टि टिभि र पूर्णपुष्टिको पेजमा हेर्न सक्नुहुनेछ ।) 

अन्तरवार्ता भिडियाे लिंक ः https://youtu.be/5dfROqphodE