Saturday, June 20News That Matters

मेयर, सिडियो, एसपी उत्रिए त्रियुगा सरसफाइमा

पूर्णपुष्टि, असार ३१ । 

“स्वस्थ्य शिक्षित उद्यमशील हाम्रो शहर, समुन्नत समावेसी समृद्ध त्रियुगा नगर” भन्ने नारालाई सार्थक तुल्याउन त्रियुगा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण नगर सरसफाई अभियान २०७८ अन्तर्गत आज गाईघाट बजारमा सरसफाई कार्यक्रम भयो ।

सरसफाइमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी आफै अग्रसर भएका थिए ।

बजार क्षेत्रमा फोहोरको अवस्था निकै देखिएपछि जसको घर अगाडी फोहोर थुपारिएको छ, त्यसै घरका मानिसलाई सफा गर्न लगाइ आगामी दिनमा फोहोर ब्यवस्थित पार्न अनुरोध गरिएको थियो । सडक छेकिने गरी र मानिस हिड्ने सडक पेटी मिचेर निर्माण तथा ब्यापारिक सामानहरु राखिएको पनि हटाइएको थियो । उनीहरुलाई आगामीदिनमा नराख्न चेतावदी दिइएको थियो । अटेर गर्नेहरुको सामान ट्याक्टरमा उठाइ जफत पनि गरिएको थियो ।

“स्वस्थ्य शिक्षित उद्यमशील हाम्रो शहर, समुन्नत समावेसी समृद्ध त्रियुगा नगर”

त्यसक्रममा कतिपय बजारबासीले सरसफाईमा साथ दिदै आगाम दिनमा आप्mनो घर, पसल अगाडी सरसफाई राख्ने प्रतिबद्धता जनाएका थिए ।

क्लिन सिटि, ग्रीन सिटिको परिकल्पना गरिएको गाईघाट बजार क्षेत्रमा सभ्य र शिक्षित मानिसहरुको बसोबास रहेको र ब्यापारिक दृष्टिले पनि सम्पन्न क्षेत्र भएपनि सरसफाईमा भने उनीहरुको ध्यान पुगेको देखिदैन । करोडौंको आधुनिक महलको अगाडी लाजै नमानी फोहोरको थुप्रौ फालिरहेको दृष्य अनेकौ देख्न पाइन्छ । फोहोरको डंगुरले पैदलयात्रुहरुलाई दुर्गन्ध र फोहोर पारिरहेको त छदैछ, करोडौंको घर र त्यसको मालिकलाई फोहोरले गिज्याईरहेको अवस्था छ । त्यसप्रति उनीहरुको ध्यान पुगेको छैन ।

सफाईको काम नगरपालिकाको हो भन्ने सोचका कारण उनीहरुले आफै फोहोर फाल्ने र फोहोरमै बस्ने गरेको पाइन्छ । सबै बजारबासीको हकमा यो कुरा नभएपनि अधिकांशले यो असभ्याता देखाइरहेको छ । नगरपालिकाले ब्यवस्थितरुपमा राखिएको फोहोर ट्याक्टर वा टिफर ल्याएर जम्मा गरी फालिदिने हो । यो कुराको बुझाइमा सबै नगरबासी, बजारबासी हुनु जरुरी छ ।

घर, पसल अगाडी सिडियो, एसपी, मेयर आएर फोहोर नगर्नुस् भनि माग्नु र एक सभ्य घर, समाजले सरसफाई प्रति सचेत र ब्यवस्थित हुनु महत्वपूर्ण कुरा हो । आजको सरसफाई कार्यक्रमले गाईघाटको पिपलचौकदेखि मुख्यचौक, मुख्यचौकदेखि विपीचौक, विपीचौकदेखि बैंक लाईन र विपीचौक पूर्वको सडकहरु घुमेर सरसफाई गर्यो । त्रियुगा नगरपालिकाको आयोजना तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहभागितामा सरसफाइ भएको थियो ।

फाेटाे फिचर :