
पूर्णपुष्टि साउन ५
त्रियुगा नगरपालिकामा करारका कर्मचारीहरुले फेरी गेटमा ताला लगाएको छ । विना कारण आफुहरुलाई मेयरले सेवा वाट हटाएको भन्दै आन्दोलनमा उत्रिएका करारका कर्मचारीहरुले बुधबार थप आन्दोलन चर्काउँदै सेवा नै ठप्प बनाएका हुन् । उनिहरुले आज बाट नगरपालिकाको मेन गेटमा तालानै लगाएर धर्ना बसिरहेको छ ।
आफुहरुले वाराम्वार ध्यानाकर्षण र ज्ञापन पत्र बुझाउँदै आईरहेको अवस्थामा यसवारे निर्णय गर्ने र कार्यपालिकाको बैठक बाट सामाधान निकाल्ने भन्दै मेयरले आश्वासन मात्रै दिएको तर कार्यपालिकाको बैठक नै नवसी अहिले सम्म झुलाएको उनिहरुले आरोप लगाएको छ । १ बजे वस्ने भनिएको कार्यापालिका बैठक बारे कुनै पनि कार्यापालिका सदस्यहरुलाई हाल सम्म थाहा नदिएको कुरा जानकारी आएको भन्दै थप आन्दोलनमा होमिएको संघर्ष समितिका अध्यक्ष मिन वहादुर थापाले जनाउनुभयो ।
थापाका अनुसार आफुहरुलाई मेयर वसन्त वस्नेतले आश्वासन मात्रै देखाएर भुलाउने काम गरेको जनाए । थापाले कार्यापालिकाको बैठक बारे कसैलाई पनि थाहा दिएको अवस्था छैन् । यसरी कसरी निकास निकाल्न सक्छ, ?
त्रियुगाका मेयर वसन्त वस्नेतले ३१ गते सूचना निकाली आन्तरिक, संघ, प्रदेश तथा परियोजनाको केही कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेका थिए ।
म्याद थप नहुने ५९ कर्मचारीले विहिबार मुल गेटमा ताला लगाएर नगरपालिकाको कामकाज ठप्प पारेका छन् ।
उनिहरुले मेयरले आफुहरुलाई छानीछानी निकालेको समेत आरोप लगाए । यदि निकाल्ने भए सबै करार अस्थायी रहेका कर्मचारीहरुले निकाल्नु पर्ने र अन्य कर्मचारीहरु थप्न नपाउने हैन भने आफुहरुलाई तत्काल सेवामा फर्काउनु पर्ने माग समेत राखेका छन ।
