
पूर्णपुष्टि, साउन १
मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजी कार्यमा खटेका गोताखोरको डुंगा पल्टिएको छ ।
आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरु सबैको सकुशुल उद्धार गरिएको छ ।
मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा अस्ति एक्कासी गेट खुल्दा इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापामगर सम्पर्कबिहीन भएकामा गोहितको शव हिजो भेटिएको थियो ।
थापामगरको अवस्था भने अझै थाहा हुन सकेको छैन । अहिले पनि उनको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।
