Saturday, June 27News That Matters

मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

पूर्णपुष्टि, असार २१ 

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी हालिएको छ । मुख्य सुरुङमा परिक्षणका लागी पानी आईतबार विहान हालिएको हो ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको आयोजनाले जनाएको छ । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको जनाईएको छ ।

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

आयोजनाले लकडाउनको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । लकडाउन सुरु भएपछि अधिकांश नेपाली मजदूर निर्माणस्थल छाडेको जनाएको छ ।