
पूर्णपुष्टि, भदौ १६
मेसिनको फित्ताले बेरिएर एक जना मजदुरको ज्यान गएको छ । तनहुँमा आज कञ्चनपुरको बेलौल नगरपालिका–९ का २१ वर्षीय केशव चौधरीको मेसिनको फित्ताले बेरिएर ज्यान गएको हो ।
शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला देखेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधरी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
