
पूर्णपुष्टि, भदौ ७ गते ।
लागुऔषध तस्करी गर्ने तस्करले नयाँ नयाँ प्रकृतिको तरीका अपनाएर कारोबार गर्न थालेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हालै गरेको एउटा कारबाहीमा मोटरसाइकलको तेलको ट्याङ्कीमा लुकाएर वीरगञ्जदेखि काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको भेटिएको हो ।
ब्यूरोका एसपी योगेन्द्र खड्काका अनुसार काठमाडौं महानगरपालिका–३० कालोपुलबाट पक्राउ परेका सिभिल इञ्जिनियर ध्रुव लिम्बुमाथि अनुसन्धान गर्ने क्रममा उनको होस्टलमा बस्ने अर्का व्यक्तिले लागूऔषध ल्याउने गरेको भेटिएको थियो ।
विन्दवासिनी गाउँपालिका–४ घर भएका जमुना साह तेली नामक ती व्यक्तिले रक्सौल नाकाबाट औषधिजन्य लागूऔषध खरिद गरेर आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर ल्याएको खुलेको हो ।

