Saturday, June 27News That Matters

मोटरसाइकलमा २ जना हिड्न पाईने

पूर्णपुष्टि, असार १ गते । 

मोटरसाईकलमा एक जना मात्रै यात्रा गर्न पाउने नियमको व्यापक विरोध भएपछि अहिले सो नियम हटेको छ ।

सोमबारदेखि मोटरसाइकल र स्कुटरमा २ जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर २ पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको महाशाखाले जनाएको छ ।

नागरिकको हितलाई ध्यानमा राख्दै मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने व्यावस्था गरेको महाशाखाले जनाएको छ । सोमबार विहानदेखि यो नियम लागू भईसकेको छ ।

गत शुक्रबार ४ पाङग्रे निजी गाडीलाई जोर बिजोर र २ पाङग्रेमा २ जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि २ दिनमै सरकारले निर्णय सच्याएको छ ।

चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरको र बिजोर दिन बिजोर नम्बरका गाडी चल्ने छन् । तर प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।

सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने जनाईएको छ ।