
पूर्णपुष्टि, फागुन ७
सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । शुक्रवार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका(८ स्थित कोशी लोकमार्गमा को।२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किएर दुर्घटना हुदा बिराटनगर(१४ का ३० बर्षीय श्याम कामतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो । यस्तै मोरङको जहदा गाउँपालिका(६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा पनि राखेको गोरुगाडामा को।३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर(१९ का २६ बर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ । गम्भिर घाईते सरदारलाई उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
