
सुनसरी, फाल्गुन १ गते ।
सुनसरीको भोक्राहा नरसिंहमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाई टोलमा भएको दुर्घटनामा सवतादेवी यादवको मृत्यु भएको हो ।
दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल बुधवार दिउँसो ३ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र उनको श्रीमती ४० बर्षीया सबितादेवी घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबितादेवी दिउँसो पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
