Thursday, May 7News That Matters

मोटरसाईकल दुर्घटनामा असईको मृत्यु

ईलाम, असोज ११ गते ।

ईलामको छाँगा खोलामा मोटरसाईकल दुर्घटना हुदा एक जना असईको मृत्यु भएको छ भने एक जना जवान घाईते भएको छ । ईलाम नगरपालिका–५ छाँगा खोलामा दुर्घटना हुदा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक रवि मगरको मृत्यु भएको हो ।

ईनपा–२ सुम्बेकमा  झगडा भएको खबर आएपछि त्यस तर्फ जाने क्रममा अविरल वर्षा र कच्चि सडकमा चिप्लोको कारण को १ ब २२८८ नम्बरको मोटरसाईकल एक्कासी मोटरसाईकल दुर्घटना हुदा सनुसरीको ईटहरी–१ घर भएका ४७ वर्षीय असई मगर मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाको पिडरवनी–१ निबासी जवान रामसेवक मोची घाईते भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल सडकदेखि करिब ६० मिटर तल खसेर दुर्घना भएको थियो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट उद्दारका लागि तत्काल प्रहरी टोली घटना स्थल पुगी उद्दार गरी जिल्ला अस्पताल ईलाम ल्याएपनि डाक्टरले असाई मगरलाई मृत घोषणा गरेको थियो । घाईते मोचीको अस्पतालमा उचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मृतक असई मगर जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत थियो भने जवान मोची प्रहरी चौकी जितपुरमा दरबन्दि भइ विटमा कार्यरत थिए ।