
पूर्णपुष्टि, असार २९ गते ।
मोरङमा मोटरसाईकल दुर्घटना हुँदा भलिबल खेलाडीको ज्यान गएको छ । जिल्लाको बेलबारी नगरपालिका–११ का कुशल भलिबल खेलाडी तथा फर्निचर व्यवसायी राजेश राईको दुर्घटनामा ज्यान गएको हो ।
दुर्घटनामा परी घाईते भएका राईको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनी कुशल भलिबल खेलाडी रहेका थिए । पछिल्लो समय उनी खेल सँगै फर्निचर ब्यबसायमा समेत सक्रिय थिए ।
