Tuesday, June 2News That Matters

मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

पूर्णपुष्टि, चैत १६

सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा मोटरसाईकल दुर्घटना हूँदा चालकको मृत्यु भएको छ ।

आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।