Friday, May 22News That Matters

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

सुनसरी, भाद्र २७ 

सुनसरीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–५ लगुना चोकमा मोटरसाईकलले ठक्कर दिदा स्थानीय ५० वषीया ईन्द्रलक्ष्मी शाक्यको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१२ नम्बरको मोटरसाईकलले हिजो दिउँसो करिब साँढे १ बजे शाक्यलाई दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते भएकी उनीलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।