पूर्णपुष्टि, कार्तिक १८
काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । ३२ बर्षीया सुब्बा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत रहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी सुब्बालाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते भएका छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
