Monday, April 20News That Matters

मोटरसाईकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

सुनसरी, भाद्र १७ गते ।

सुनसरीको धरानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१८ लाङघाली चोकमा सोमवार  मोटरसाईकलको ठक्करबाट श्री प्रसाद राईको मृत्यु भएको हो ।

दिउँसो करिब सवा १ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईलले धरान – १५ निबासी ६९ बर्षीय राईलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका राईलाई तत्काल उपचारको लागि विपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगी थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएको भएपनि उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।