
झापा, मंसिर २२ गते ।
झापाको कमलमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मकल गाउँपालिका–७ बाह्रघरे चोकको पाडाजुगी गौरीगंज भित्री सड्क खण्डमा मोटरसाईकलमा पछाडी सवार ज्ञानदेवि धिमालको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाईकलमा पछाडी ५३ वर्षीय ज्ञानदेवीको बिहान साढे ११ बजे मोटरसाईकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलबाट लडेर घाईते भएकी ज्ञानदेवीको उपचारको लागि तत्काल लाईफलाईन अस्पताल दमक पु¥याउनासाथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ज्ञानुदेवी उनको श्रीमान ५२ वर्षीय तुलसीराम धिमालसँग मोटरसाईकलमा सवार रहेको प्रहरीले जनाएको छ ।
