Wednesday, April 22News That Matters

मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्णपुष्टि, चैत १५ ।
मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको ज्यान गएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा दुर्घटना भएको थियो । सोही दुर्घटनामा मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ वर्षीय किशोर कुमार माझी घाईते भएका थिए । घाईते माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको बुद्ध शान्ति गाऊँपालिका–१ मा दक्षिणबाट उत्तर तरफ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।