Sunday, June 21News That Matters

मोरङको रंगेलीमा महिला हत्या आरोपमा पति सहति परिवारको ४ सदस्य पक्राउ

पूर्णपुष्टि, जेष्ठ ५

मोरङको रंगेलीमा एक महिलाको हत्या आरोपमा परिवारकै चार सदस्या पक्राउ परेका छन् ।  । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ ।

बुधबार पानी नरहेको  नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा मात्रै छ ।

अनिताको शव नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव भेटिएको हो,’ उनले भने, ‘शव भेटिएपछि अनुसन्धान सुरु गरेका छौं ।’