Friday, May 22News That Matters

मोरङमा एकै दिन कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ २०

मोरङमा एकैदिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक÷एक जना पुुरुषको मृत्यु भएको हो ।

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको थियो । तर शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको जनाईएको छ ।

त्यस्तै बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या २७ पुगेको छ ।