
पूर्णपुष्टि, साउन ७
मोरङको उर्लाबारी–८ मा नेकपा एमालेको ओली समूहले आयोजना गरेको नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको छ । उर्लाबारीको एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी भएकोमा अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको हो ।
बैठक सुरु हुँनु अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिनुभयो । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन ।
ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले तोडफोड गरेको बताउनुभयो ।
