Thursday, April 30News That Matters

मोरङमा कुशल कार्यसम्पादन गरेका डिएसपी मान बहादुर राई उदयपुरको कटारीमा आगमन

पूर्णपुष्टि, असार १७

मोरङमा कार्यरत प्रहरी नायब उपरिक्षक (डिएसपी) मान वहादुर राईको उदयपुरको कटारीमा सरुवा भएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय कटारीको प्रहरी प्रमुख बनेर राई नयाँ कार्य सम्हाल्न कटारी आउनुभएको हो ।

राई यो भन्दा पहिले मोरङ प्रहरी प्रबक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ राईले अनुसन्धानको क्षेत्रमा राम्रो कार्य सम्पादन गरेको भन्ने चर्चा समेत छ । राई सोमवार इलाका प्रहरी कार्यालय कटारीमा हाजिर भई प्रहरी प्रमुखको रुपामा जिम्मेवारी सम्हाल्नु भएको हो । प्रहरी प्रमुखहरुको हेरफेर अन्तरर्गत कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीको काठमाण्डौँ सरुवा भएपछि राई कटारीमा जिम्मेवारी सम्हाल्नु आउनुभएको हो ।

राईले प्रहरीले गर्नु पर्ने काम कर्तव्यलाई ध्यानमा राखी जनताहरुको सुरक्षा र आफ्नो क्षेत्रको आसपासमा अपराधमुखी समाज निर्माण गर्ने बताउनुभयो ।