Friday, May 1News That Matters

मोरङमा पेस्तोलसहित २ युवक पक्राउ

पूर्णपुष्टि, भदौ १६

मोरङमा पेस्तोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना युवक पक्राउ परेको हो । मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर बोहरा समेत प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुवैलाई नियन्त्रमा लिएको हो ।

प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । घरबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको छ ।

दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।