
पूर्णपुष्टि, जेष्ठ २४
मोरङ जहदा गाउँपालिका–१ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । गए राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो परिमाणको मदिरा बरामद गरेको हो ।
प्रहरीले को ३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको पारेको थियो ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगि आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

